कांग्रेस नेता सिटौलामा कोरोना संक्रमण

 ग्लोबल टिभि           0

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोनासंक्रमण भएको छ । शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो । सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० बजेतिर स्वाब दिइएको र आज कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिएका छन् ।

नेता सिटौला हाल घरमै आराम गरिरहेका छन् । नेता सिटौलाले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन पनि सामाजिक संजालमार्फत् आग्रह गरेका छन्। उनले आफूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *