थप ८ सय ९९ जना संक्रमित, १३ सय ५९ संक्रमणमुक्त

 ग्लोवल टि.भी.      शनिबार, मंसिर २७, २०७७      0

काठमाडौं । नेपालमा शनिबार थप ८९९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५३९ पुगेको छ ।

शनिबार थप १३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएसंगै नेपालमा कुल मृतकको संख्या १ हजार ६८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ११ हजार ६७३ जना आइशोलेशनमा रहदा ५१९ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा १८ लाख २५ हजार ८६० वटा पिसिआर गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *