२४ घण्टामा थपिए २९ सय ४२ संक्रमित

 ग्लोबल टिभि           0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।सक्रिय संक्रमितको संख्या ३९हजार ३ सय ४१ छ । अहिलेसम्म १ लाख ३२ हजार २ सय ४६ जना संक्रमित भएका छन् ।

। पीसीआर विधिबाट १४ हजार ८ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।२४ घण्टामा थप १२ जनाको निधन भएको छ यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।
काठमाण्डौं उपत्यकामा २४ घण्टामा १६ सय ९८ जना संक्रमित भएका छन् ।  २४ घण्टामा २३ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९२ हजार १ सय ६६ जना संक्रमण मुक्त भएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *