एक हजार १४६ संक्रमित थपिए, एक हजार ६६० संक्रमणमुक्त

२१ जनाको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

काठमाडौँ : नेपालमा थप एक हजार १४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ संक्रमित पाइएका हुन् । यस्तै दुई हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भइको हो ।

यो अवधिमा एक हजार ६६० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २७ हजार ९५८सक्रिय संक्रमित रहेका छन् ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *