घट्यो कोरोना संक्रमणको दर, २४ घण्टा यता ९ सय ९४ मा संक्रमण पुष्टि

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *