ग्लोबल टिभि
सोमवार, भदौ २८, २०७८
0
काठमाडौँ : दुई दिन ओह्रालो लागेको कोरोना संक्रमितको संख्या आज उकालो लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप एक हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार ५३२ पीसीआर परीक्षण गर्दा एक हजार १४९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ संक्रमित पाइएका हुन् ।
संक्रमणमुक्त हुनेको संख्या एक हजार २६० रहेको छ । आज थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।
Post Views: 586
Leave a Reply