ग्लोबल टिभि
0
बीराटनगरमा थप दुृृई जना कोरोना संक्रमीतको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक – एकजनाको मृत्यु भएको हो ।
सुन्दरहरैँचा नगरपालिका -३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
पथरीशनिश्चरे नगरपालिका- १ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा. दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।
Post Views: 1,155
Leave a Reply