सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ ।
खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज दिउँसो आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चीनबाट खरिद गरिएको ६० लाखमध्ये १६ लाख भेरोसेल खोप नेपाल आइसकेको छ ।
यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज ल्याउने तालिका शंसोधन गर्दै एक दिनपछाडि सारिएको हो । भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ।जसका कारण एकै पटक ४४ लाख मात्रा खोप ल्याउन सकिने भएको हो। भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख कोरोना खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ।
Leave a Reply