पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, पुस १, २०७७      0

कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १२ र पोखरा-१ का एकरएकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *