चीनबाट एमबीबीएस उतीर्ण गरेका विद्यार्थीको अब नेपालमै इन्टर्नसिप

 ग्लोबल टिभि      शुक्रबार, अशोज १, २०७८      0

चीनका विभिन्न विश्वविद्यालयबाट सन् २०१४ मा एमबीबीएस उतीर्ण गरेका तर कोरोना कारण इन्र्टनसिप गर्न नपाएका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

पटक पटक नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै विरोध प्रर्दशन गरेका थिए । आन्दोलनपछि नेपाल मेडिकल काउन्सिलले अबको केही दिनभित्र विद्यार्थीलाई इन्टर्नसिपको अनुमति दिने जनाएको छ।

चीनका विश्वविद्यालयमा सन् २०१४ मा एमबीबीएस अध्ययन गरी उतीर्ण गरेका विद्यार्थीहरुको व्याजलाई अहिले इन्टर्नसिप गर्न दिने र सन् २०१५ र ०१६ को व्याजका विद्यार्थीबारे निर्णय गरिने भएको छ । चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप गराउनका लागि आवेदन माग गरिसकेको छ ।आयोगले गत असार २४ गते नै आवेदन दिन आग्रह गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *