चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

 ग्लोबल टिभि      शुक्रबार, अशोज १, २०७८      0

चीनबाट कोरोना भइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीन गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।

यसअघि दुई डोज मात्र हुने एक भाइलमा अहिले ५ डोजको खोप रहेकाले एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।।विभागका अनुसार आज आएको खोप विभिन्न चरणमा देशका सबै जिल्लामा पठाइने छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *