थप ७३६ जनामा कोरोना संक्रमण

 ग्लोवल टि.भी.      बुधबार, पुस १, २०७७      0

 

पछिल्लो २४ घण्टामा थप ७३६ जना कोरोना भाइरस संक्रमीत थपीएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *