अमेरिकाले थप ५० करोड कोरोना खोप अनुदान दिने

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

अमेरिकाले विश्वका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड कोरोना खोप खरिद गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर खोपहरू किन्ने घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रसंघको महासभाअन्तर्गत भएको भर्चुअल कोभिड–१९ साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले खोपको पहुँच विस्तारका लागि सहयोगको घोषणा गरेका हुन।

विश्वको जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई खोप प्रदान गर्नका लागि ११ अर्ब मात्रा खोप आवश्यक हुनछ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो वर्षको अन्त्यसम्ममा सबै देशमा कम्तीमा ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य तोकेको छ। विश्वका धनी देशमा हालसम्म आधा जनसंख्यालाई खोपको कम्तीमा एक मात्रा दिसकेका छन् । तर कम आय भएका देशमा मात्रै दुई प्रतिशतले खोपको कम्तीमा एक मात्रा लगाउन पाएको अक्सफोर्ड विश्वविद्यालयको तथ्यांक छ ।

अमेरिकाले यसअघि नै कम आय भएका देशहरुलाई ५८ करोड मात्रा खोप उपलब्ध गराउने वाचा गरिसकेको छ । । त्यसमध्ये १६ करोड मात्रा खोप विभिन्न देशमा पुगेको छ। अहिले बाइडेनले थप ५० करोड मात्रा उपलब्ध गराउने बताएका हुन ्। खोपमा सबैको पहुँच समतामूलक होस् भन्ने उद्देश्यसहित डब्लुएचओको अगुवाइमा स्थापना भएको कोभ्याक्स अभियानअन्तर्गत अनुदान वा सहयोगमा आउने खोपको वितरण भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *