वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान जान्छ : विश्व स्वास्थ्य सङ्गठन

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले १५ वर्षपछि वायु गुणस्तर निर्देशिका संशोधन गरेको छ ।

वायु प्रदूषणका कारण मुटु र फोक्सोका गम्भीर बिरामीको सङ्ख्या र मृत्यु दर कम गराउनका लागि संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९४ देशका लागि निर्देशिका लागु हुनेछ ।वायु प्रदूषणले गर्दा जलवायु परिवर्तनमा असर पुगेको र मानव जीवन तथा वातावरणकै लागि खतरा निम्त्याएको भन्दै डब्ल्यूएचओले यसबारे पहिलेको बुझाइलाई व्यापक परिवर्तन गनुपर्ने जनाएको छ ।

वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान गइरहेको र नयाँ निर्देशिका कडाइका साथ पालना गरेमा ज्यान गुमाउनेको सङ्ख्यामा कमी ल्याउन सकिने डब्ल्यूएचओको भनाइ छ ।डब्लुएचओले वायु प्रदूषणको चेतावनीको स्तरमा पनि परिवर्तन छ ।

नयाँ निर्देशिकाले पीएम २ दशमलव ५ सुक्ष्म कणको अधिकतम मात्रालाई घटाइएको छ । हावामा हुने पीएम अधिकतम १० माइक्रोग्राम प्रति क्युविक मिटरबाट घटाएर पाँचमा झारिएको छ, यस्तै पीएम १० को मात्रालाई २० माइक्रोग्रामबाट घटाएर १५ मा झारिएको छ । यसको पूर्ण पालना गरेको भए ८० प्रतिशत मृत्यु घटाउन सकिने पनि डब्ल्यूएचओले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *