ग्लोबल टिभि
बिहिबार, अशोज ७, २०७८
0
पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार नदेखिएको भन्दै कोभिड–१९ का कारण स्थिति अझ बढी गम्भीर हुने सक्ने युनिसेफले बताएको छ ।
युनिसेफले आज प्रतिवेदन सार्वजनिक गर्दे दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्व प्राप्त नहुनाले उनीहरुको वृद्धि विकासमा समस्या हुने जनाएको हो ।
संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी गरिएको प्रतिवेदनमा बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरु र कोभिड–१९ को महामारी जस्ताले पोषण संकटलाई पनि प्रश्रय दिइरहेको र पछिल्लो १० वर्षमा सुधारको सानो संकेत पनि नदेखिएको चेतावनी दिइएको छ ।
युनिसेफका अनुसार विश्वव्यापी रुपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधाभन्दा बढी लगभग २ करोड ३० लाख बालबालिका २ वर्षभन्दा कम उमेरका छन् ।
Post Views: 615
Leave a Reply