थप ७८२ जनामा कोरोना संक्रमण – १६ जनाको मृत्यु

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा देशभर ७८२ जना थप कोरोना भाइरस संक्रमीत थपीएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *