
एजेन्सी- कोरोना भाइरसविरुद्ध परीक्षणकै क्रममा रहेको खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।
अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने देखिएको र यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।
७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ । यो औषधिको आकस्मिक प्रयोगका लागि अबको दुई हप्ताभित्रै अमेरिकामा स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ ।
परीक्षण नतिजा पुन स्मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले जनाएको छ ।
यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएतापनि अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।

Leave a Reply