दशैँलगत्तै बालबालिकाका लागि मोर्डना खोप लगाउन शुरु गरीनेछ :स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

 ग्लोवल टि.भी.      आइतवार, अशोज १७, २०७८      0

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने बताएका छन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । उनले यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकेको जानकारी दिए । दशैँलगत्तै एक लाख फाइजर खोप आउने उनको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीका बच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने आश्वासन दिएका छन् ।

कार्यक्रमभच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *