७६४ जनालाई कोरोना संक्रमण, १० को मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज २२, २०७८      0

काठमाडौं- नेपालमा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार चार सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ संक्रमित पाइएका हुन् । यस्तै एक हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३३ जना निको भएका छन् । यो अवधिमा १० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २१० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ । बिरामीमध्ये ३१३ आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *