कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

 ग्लोवल टि.भी.      सोमवार, अशोज २५, २०७८      0

एजेन्सी- युनिसेफले अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको बताएको छ ।

तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले बताएका हुन् । उनले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गरेका छन् ।

यस्तै युनिसेफले तालिबानलाई बालबालिकाहरु पोलियोको जोखिममा पनि रहेकाले उनीहरुलाई तत्काल खोप दिने व्यवस्था गर्न र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन, खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *