थप ७४२ जनामा कोरोना संक्रमण : ७ जनाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, पुस ६, २०७७      0

पछिल्लो २४ घण्टामा नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७४२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०७९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *