अमेरिकी राष्ट्रपतिले लगाए कोरोना खोपको पहिलो डोज

 ग्लोबल टिभि           0

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोनटेकको कोरोना खोपको पहिलो डोज लगाएका छन् ।

फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनको भनाइ छ ।

उनले डेलावेयरको नेवार्कमा खोप लगाएका हुन् । बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिए ।

यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नैन्सी पेलोसीले पनि खोपको पहिलो डोज लगाई सकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *