नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
ग्लोबल टिभि
सोमवार, कार्तिक ३, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार ७ सय १४ जनाको पिसिआर गर्दा उक्त संक्रमित थपिएका हुन् । यो संगै ४० हजार ७ सय ७८ जना संक्रिय संक्रमित पुगेका छन् ।
काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ गरि २३ सय ८८ जना गरि उपत्यकामा संक्रमित थपिएका छन् ।
सोमवार थप २३३५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ । २४ घण्टामा थप १८ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।
Post Views: 878
Leave a Reply