कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।
डा. शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । त्यसै गरी सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा चिङ्गाड गाउँपालिका-५, निवासी ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको बुधबार राति साढे १० बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
Leave a Reply