५ हजार ५ सय १० जनामा परीक्षण, ६ सय १३ संक्रमित

 ग्लोवल टि.भी.      बिहिबार, पुस ९, २०७७      0

पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ५५१० जनामा कोरोना परीक्षण गरिएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५५१० जनामा कोरोना परीक्षण गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *