थप ६०८ जनामा कोरोना पुष्टि- ९ जनाको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, पुस १०, २०७७      0

पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । हाल सम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ।

यस्तै शुक्रबार ८९२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या भने ७ हजार ९२ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै अहिले ३ सय ६९ जना क्वारेन्टिन र ७ हजार ९२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *