निजी प्रयोगशालालाई पिसिआर परीक्षणमा रोक : स्वास्थ्य मन्त्रालय

थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

 ग्लोबल टिभि           0

काठमाडौं। सरकारले निजी प्रयोगशालाहरूमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको छ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।उनले निजी प्रयोगशालाहरूमा गरिँदै आएको पीसीआर परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको बताए।

यसैबीच  पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टिभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २लाख ५८ हजार एक सय ८१ पुगेको छ ।

त्यसैगरी ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४९ हजार ८ सय ६३ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८सय २१ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *