अमेरिकामा एकैदिन १२ सय कोरोना संक्रमितको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, पुस १३, २०७७      0

अमेरिकामा एकैदिन १ हजार २ सय १५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४१ हजार १३८ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८७५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७७ लाख ३६ हजार ८३४ जनामध्ये २८ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *