आज पनि लाइनमा पालो कुर्दै कोरोनाको खोप सकियो

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ७, २०७८      0

रोशन वली
दाङ घोराही ,मङ्सिर १०गते ।
नारयणपुर १०निबासी रेखा चौधरी(नाम परिवर्तन ) उमेरले ३५/३७कै जस्तो देखिन्छन् । उनी कोरोनाको खोप लगाउने भनेर ठीक ९:३०बजे घोराही नारयणपुरको स्वास्थ चौकीमा पुगेकी थिइन् । यो भन्दा पहिले नि धेरै पटक खोप आयो रे । हामी जस्तो सोझो मान्छेलाई कसले भनी दिन्छ र?गुनासो  व्यक्त गरिन ।

प्रश्नको उत्तरमा उनीले भनिन् -यहाँ त चलाख मान्छेले मात्र हरेक सुविधा पाउँछ । हाम्रो त को छ र? रोगबाट बाँच्ने आशा रेखालाई पनि छ ।
यस पटक पनि उनले खोप लाउने आशा आशामा नै सिमित भयो ।
चारैतिर फर्केर हेर्दा मान्छेहरुको लाइन धेरै थियो ।

तैपनि जति मान्छे भए नि पालो कुर्ने भनेर सोचिरहेकी थिइन् । एक कर्मचारीले भनी दिए -“सुई पुग्दैन,जम्मा दुई सयमात्र आएको छ । लाइन लागेर के गर्नु ? आशा मारेर फर्किनु पर्यो ।

कोरोनाको खोप आउँदा पनि उनीले खोप लगाउन कहिल्यै मौका मिलेन । त्यो दिन नि आएन ।

पछिल्लो समय सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान अन्तर्गत आज मङ्गलबार पनि नारायणपुरमा भीडभाड नै देखियो ।
अझै पनि सूचना न पाउने र स्वास्थ्य चौकीसम्म पहुँच न हुने साधारण आम नागरिकहरुले कोरोना खोप पाएका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *