पछिल्लो २४ घण्टामा ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ७८ जनाको परीक्षणमा ४ सय ७ जना पुरुष र २ सय ५२ जना महिला गरी ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ सय १८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २ सय ७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका छन् ।
कैलालीमा ६०, कास्कीमा ३३, कञ्चनपुरमा ३१, मोरङमा २८, काभ्रे र रुपन्देहीमा २२ र , झापामा २० र चितवनमा १९ जना संक्रमित भेटिएका छन् ।
Leave a Reply