७ सय ८ जनामा कोरोना पुष्टि – ८ जनाको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, पुस १४, २०७७      0

पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा २ सय ७० महिला र ४ सय ३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४९ पुगेको छ। यस्तै २४ घन्टामा ६ हजार १ सय ३५ स्वाब नमूना परीक्षण गरिएकोमा ७ सय ८ जनामा संक्रमण देखिएको हो।

यस्तै मंगलबार ७ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३ सय ९६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ४० पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना बाट ८ जनाको मृत्यु भएको छ ।

यस्तै अहिले ३ सय ६५ जना क्वारेन्टिन र ६ हजार ३ सय ९६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना गम्भीर २ सय २८ जनाको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *