अमेरिकाकी नव-निर्वाचित उप-राष्ट्रपतिले लगाईन कोरोना खोप

 ग्लोवल टि.भी.      बुधबार, पुस १५, २०७७      0

अमेरिकाकी नव-निर्वाचित उप-राष्ट्रपति कमला ह्यारिसले कोरोना विरूद्धको खोप लगाएकी छन्।

मंगलबार उनले कोरोना विरूद्ध लगाएको खोपलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

अमेरिकामा कोरोना खोपलाई लिएर आमअमेरिकी नागरिकमा रहेको संशयलाई चिर्न त्यहाँका राजनीतिज्ञहरूले प्रत्यक्ष खोप लगाउने गरेका छन्। ह्यारिसले मोर्डनाले बनाएको खोप लगाएकी हुन्।

खोप लगाइसकेपछि कमलाले आफूलाई कतिखेर खोप लगाइसकियो भन्ने थाहा नै नभएको प्रतिक्रिया दिएकी थिइन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *