थप ४ जना कोरोना संक्रमीतको मृत्यु

 ग्लोबल टिभि           0

बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोराना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका-९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति बाँकेमै मृत्यु भएको हो ।

त्यस्तै, रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *