विदेशीहरुलाई एन्टिजेन पोजेटिभ नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन

 ग्लोबल टिभि           0

काठमाडौं ,मङ्सिर १३गते।
स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्दा पोजेटिभ देखिएका नमुनालाई सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ । सोमबार सूचना जारी गर्दै विभागले विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्दा एन्टिजेन परीक्षणमा देखिने पोजेटिभ नमुनालाई जीन सिक्वेन्सिङका लागि पठाउन अनुरोध गरेको हो ।
दक्षिण अफ्रिकासँगै केही देशमा कोरोना भाइरसको ‘ओमिक्रोन’ नयाँ भेरियन्ट देखिएकाले सजगता अपनाउन विभागका महानिर्देशक डा. दीपेन्द्ररण सिंहले पोजेटिभ आएका नमुनालाई थप प्रदेशका प्रयोगशालासँग समन्वय गरेर राष्ट्रिय प्रयोगशाला पठाउन आग्रह गरेका हुन् । केही मुलुकहरूमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोभिड १९ का केसहरू बढिरहेकाले वर्तमान समयमा नाकामा थप सजगता अपनाउन र पोजेटिभ नमुना समन्वय गरेर प्रदेश प्रयोगशाला हुँदै राष्ट्रिय प्रयोगशालामा पठान हेल्थ डेस्कलाई आग्रह गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *