एजेन्सी ,मङ्सिर १३गते।
बेलायतमा पनि दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन्।
चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन्। नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ।
बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ।
बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्ने घोषणा गरेको थियो । शनिबार एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राख्ने भएको छ।
नयाँ भाइरसका कारण बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ। रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ।
बेलायतमा समेत नयाँ भेरिएन्ट देखा परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ नै बैठकको आयोजना गर्ने भएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करणलाई ‘ओमिक्रोन’ नाम दिएको हो।
विश्व स्वास्थ्य संगठनले यसलाई अत्यन्तै चिन्ताजनक भन्दै टिप्पणी गरेको छ। युरोप अमेरिका लगायत विभिन्न मुलुकले अफ्रिकन मुलुकबाट हुने हवाई उडानलाई प्रतिबन्ध गरिसकेका छन्।
Leave a Reply