ओमिक्रोणको विषयमा अनावश्यक हल्ला नफैलाऔं : विश्व स्वास्थ्य संगठन

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सुझाव

 ग्लोबल टिभि           0

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पारिएको पनि डब्लुएचओले दावी गरेको छ ।डब्लुएचओका वैज्ञानिकहरुले अनावश्यक हल्लाको पछि लाग्नु भन्दा स्वास्थका मापदण्ड पालना गर्न सुझाव दिएका छन् । उनीहरुले कोरोनाको नयाँ स्वरुपमा देखा परेको ओमिक्रोनविरुद्ध खोप लगाउन पनि आग्रह गरेका छन् ।

दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोण अघिल्लो वर्षको कोरोनाकै परिवर्तित स्वरुप भएकाले स्वास्थ्य सावधानी अपनाउनु महत्वपूर्ण हुने डब्लुएचओको सुझाव छ ।ओमिक्रोन फेला परेसँगै विश्वका विभिन्न देशले हवाइ तथा स्थल यातायातमा प्रतिवन्ध लगाउनुका साथै सार्वजनिक स्थलमा जथाभावी नजान पनि आग्रह गरेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय यात्रुहरुलाई यात्रा गर्नु भन्दा एक दिनअघि कोरोना परीक्षण गर्न पनि विभिन्न देशले आग्रह गरेका छन् । भारतमा पनि दुई जनामा ओमिक्रोणको संक्रमित फेला परेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *