थप ५ सय ३४ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि      बिहिबार, पुस १६, २०७७      0

पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । १ सय ९६ महिला र ३ सय ३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल सम्म १ हजार ८ सय ५६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ

यस्तै बिहीबार थप ४ सय ४७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३ सय ७८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ३ सय ६२ जना क्वारेन्टिन र ६ हजार ३ सय ७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *