ग्लोबल टिभि
0
पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार २९ पुगेको छ ।
त्यसैगरी शुक्रबार थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ । क्वारेन्टाइनमा ३ सय ६७ जना रहेका छन् भने आइसोलेसनमा ६हजार ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 1,060
Leave a Reply