थप ४ सय २१ जनामा कोरोना पुष्टि _ ८ को मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ८ नमुना नमुना परीक्षण गर्दा १ सय ७५ महिला र २ सय ४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४ सय ९४ संक्रमणमुक्त भएका छन् ।
हाल ५ हजार ४ सय ८७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १ हजार ९ सय ६६ जना होम आइसोलेसनमा छन् भने १ सय ९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हालसम्म १ हजार ८ सय ७८ जनाको मृत्यु भैसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *