पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमित हुनेमा ८२ महिला र १०३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकाकासहित थप संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्। यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। यस्तै २४ घन्टामा थप ४ हजार ४०१ स्वाब नमूना परीक्षण गर्दा ४०३ जनामा संक्रमण देखिएको हो।
यस्तै सोमबार ५९४ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ। सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार २८९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Leave a Reply