थप ४ जना कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि           0

कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना र सुनसरीको धरानस्थित १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक , कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुष र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *