ग्लोबल टिभि
0
नेपालमा मंगलबार थप ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थव ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १ अजार ८ सय ९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै ५ सय ७८ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ६ सय ६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल ५ हजार २ सय २५ जना आइशोलेशनमा छन् भने ३ सय ४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ वटा पिसिआर गरिएको छ ।
Post Views: 1,014
Leave a Reply