दिल्लीमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको-स्वास्थ्यमन्त्री जैन

 ग्लोवल टि.भी.      शुक्रबार, पुस १६, २०७८      0

भारतको दिल्ली राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् ।

स्वास्थ्य वैज्ञानिकहरुका हालै गरेको अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको स्वास्थ्यमन्त्री जैनले बताए । पछिल्ला समयमा थपिएका कोरोना संक्रमित मध्ये ४० प्रतिशतभन्दा बढी संक्रमितहरु ओमिक्रोनकै भएको अध्ययनले देखाएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको उनले बताए । भारतमा ओमिक्रोनको संक्रमण निकै तीब्र गतिमा फैलिएकोले विषेश सतर्कता अपनाउन स्वास्थ्यमन्त्री जैनले आग्रह गरेकाछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *