थप ४ सय ९ जनामा कोरोना पुष्टि

 ग्लोवल टि.भी.      बुधबार, पुस २२, २०७७      0

नेपालमा बुधबार थप ४सय ९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार ४ सय ९ जनामा कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा थप २ सय ३३ जनामा कोरोना देखिएको छ । उहाका अनुसार भक्तपुरमा २४, ललितपुरमा ५० र काठमाडौंमा १ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १८ सय ९९ पुगेको छ । त्यस्तै थप ४ सय ९५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५६ हजार १ सय ६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपालमा हाल ५१ सय ३३ जना आइशोलेशनमा छन् भने ३ सय ४२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ६४ हजार १ सय ६० वटा पिसिआर गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *