काठमाण्डौंमा मात्र थपिए ३१ सय ७ जना संक्रमित
ग्लोबल टिभि
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेम्मकै धेरै ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय गरिएको २० हजार १ सय १८जनाको पिसिआर गर्दा
उक्त संक्रमित थपिएका हुन् । यो संगै ४४ हजार ४ सय ७६जना संक्रिय संक्रमित पुगेका छन् ।
काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ गरि ३१ सय ७ जना गरि उपत्यकामा संक्रमित थपिएका छन् ।
बुधवार थप २हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ९ सय ५ पुगेको छ । २४ घण्टामा थप २६ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।
Post Views: 1,322
Leave a Reply