संयुक्त राष्ट्रसंघद्वारा चेतावनी

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०

संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिएका हुन् ।
राष्ट्रसंघको ५ अर्ब डलरको मानवीय सहायता कोषमा सहयोग गर्न विश्व समुदायलाई अपिल गर्दै उनले अफगानिस्तानको रोक्का गरिएका खाताहरु फुकुवा गर्न विश्व बैंक, आइएमएफ लगायत लाई आग्रह गरेकाछन् । महासचिव गुटेरसले ८७ लाख अफगानीहरु अहिले पनि दुई छाक नपाउने अवस्थामा रहेको भन्दै त्यहाँको अर्थतन्त्रका लागि आवश्यक तरलता तत्काल उपलब्ध नगराउने हो भने अवस्था भयावह हुने चेतावनी पनि दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *