कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बढे

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका चिकित्सकले बताएका छन् । टेकुका निर्देशक डा. रावलका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष आईसीयूमा अक्सिजन दिइ उपचार गरिएको छ । यसैगरी बलम्बुको सशस्त्र प्रहरी बल एपीएफ अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालमा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालका प्रमुख डा. भूपेन्द्र बस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित भर्ना हुन आउने संख्या बढेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिले आईसीयू दुई हजार सात सय ९७, भेन्टिलेटर एक हजार आठ, एचडीयू तीन हजार आठ सय ४६ रहेका छन् । यस्तै अक्सिजन सिलिन्डर १३ हजार नै सय ३९, अक्सिजन कन्सटेन्ट्रर ६ सय ९३ रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *