प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी(प्रदेश-२)

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
प्रदेश २ कोरोना संक्रमितको संख्या बढेसँगै महामारी पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितिको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए । कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीको तर्क छ ।

उनले पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शैया र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न निर्देशन दिए । । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *