बढ्यो चीनमा कोरोना सङ्क्रमण

 ग्लोबल टिभि           0

पुुस ३०
चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ ।र सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

सङ्क्रमण बढेपछि चीनको उत्तरी सहर सियानमा अघिल्लो महिनादेखि नै लकडाउन गरिएको थियो । डिसेम्बर मध्यतिर दैनिक एक सय ५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो ।

चीनले कोरोना नियन्त्रण गर्न कडा रणनीति अपनाउँदै आएको छ । सामूहिक परीक्षण तथा लकडाउन जस्ता उपायहरु अवलम्बन गरिएको छ । चीनमा फेब्रुअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक हुँदैछ । हिउँदे ओलम्पिक नजिकिएकाले चीनले उच्च सतर्कता अपनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *