भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

माघ १
भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । भारतमा हालसम्म ५ हजार ७५३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *